AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड कलेजका विशालले गरे सिएमा पुरै भारत टप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ असार २०७८, आईतवार १७:२९
9.9k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीले सिएमा भारतमा टपर गरेका छन् ।

कलेजमा २०७१/७२ सालमा अध्ययन पुरा गरेर भारतको चेन्नई पुगेका विशाल तिम्सिनाले २०२१ मा भएको सिएको फाइनल परिक्षामा पहिलो रेङ्कीङमा टप गर्दै पुरै भारत भर टप गरेका हुन् ।

भारतमा अध्ययन गर्न गएको नेपालका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सतरमा सफलता हासिल गर्न सक्छ भन्ने कुरा ग्रिनल्याण्डका विशाल जस्ता अन्य धेरै विद्याथीृहरुले चिकित्सा शिक्षा, इन्जिनियरिङ शिक्षा लगायतका क्षेत्रमा प्राप्त सफलतालाई विशालले प्रमाणित गरेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताएका छन् ।

सिएमा टप गर्ने पहिलो नेपाली विद्यार्थी विशाल रहेको प्रिन्सिपल पोखरेलले जानकारी गराए । पछिल्लो समयमा प्लस टु का विज्ञान,कम्प्युटर , व्यव्स्थापन र होटेल मेनेजमेन्ट संकायका गुणस्तरिय शिक्षा प्रदान गर्दै एक अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजका प्रिन्सिपल पोखरेलले मेद्यावी विद्यार्थीहरुको उज्जवल भविश्यको कामना ब्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर