खबर पूर्वाञ्चल
पक्राउ पर्नेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी २ सेक्टर सी २ छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर रहेका छन् । बानियाँलाई प्रहरीले नक्कली नोट र लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।
दमक १ स्थित एक लजको कोठाभित्र लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाको आधारका इलाका प्रहरी कार्यालय दमकको टोलीले गएराती छापा मार्दै लागु औषधसहित बानियाँलाई नियन्त्रण लिएको हो ।
प्रहरीले बानियाँको शरीर र कोठाबाट एक हजार दरको नेपाली रुपैयाँको ८ थान नक्कली नोट र सानो प्लास्टिकको दुई वटा प्याकेटमा राखिएको ४७ ग्राम ५ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
नक्कली नोट र ब्राउन सुगरसहित पक्राउ परेका बानियाँलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको झापा पहरी प्रमुख प्रहरी नायब उपरीक्षक थापाले बताए ।