AArya
RUMPUM
animated ellipse animated ellipse

जब सर्पले टेनिस बल निल्यो !

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७३, शुक्रबार १७:१९
3
Shares
सिड्नी, माघ २८ /अस्ट्रेलियाको टाउन्सभिलीस्थित एउटा घरभित्र प्रवेश गरेको सर्पले टेनिस बललाई आफ्नो खाना सम्झेर निलेपछि अचम्मको खबर बन्न पुगेको छ।
घर मालिकले बगैंचामा सर्पको शरीर अचम्म तरिकाले फुलेको देखेपछि यसको खुलासा भएको हो। पहिले सर्पलाई देखेर घर मालिक डराएका थिए। तर पछि उनले सर्पको पेट बलको आकारमा फुलेको देखेपछि उनी चकित परे।
सर्पलाई घिस्रिन गाह्रो परिरहेको थियो। वन्यजन्तुको अधिकारको लागि काम गर्ने एउटा संगठनले यो सर्पको भिडियो शोसल मिडियामा हालेपछि यसले सवैको ध्यान आकृष्ट गरेको छ ।
भिडियो १० लाखभन्दा बढीले हेर्न भ्याइसकेका छन्। संगठनका अनुसार घर मालिकले गम्भीर अवस्थामा सर्पलाई देखेपछि उनीहरूलाई तुरुन्त सम्पर्क गरेका थिए। यसपछि संगठनले सर्पलाई विशेषज्ञ कहाँ लगेका थिए।
सर्पको प्रयोगशालामा एक्सरे भएको थियो। त्यसपछि मात्र बल्ल थाहा भयो, सर्पको पेटमा टेनिस बल रहेछ भनेर। सर्पको पेटमा रहेको बल धेरै भित्र गएको थिएन। त्यसैले विशेषज्ञले औलाको मद्दतले बल बाहिर निकाले। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर