विराटनगर, माघ २८/ देशभक्ती गायक सुमित खड्काले राष्ट्रिय भावना बोकेको गीती एल्वम् ‘आवहन’ बजारमा ल्याएका छन् ।
विराटनगरमा आज शुक्रबार एक कार्यक्रम आयोजना गरी पाँचौ राष्ट्रिय गीति एल्वम बजारमा ल्याएका हुन ।
एकल स्वर रहेको ‘आवहन’ एल्वम्को बिमोचन मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोईराला, समाजसेवी तथा उद्योगी दिलबन्धु गोयल, उद्योगी मोती दुगड, समाजसेवी मिना जोशीले संयुक्त रुपमा गरेका थिए ।
ध्रुवराज पौडेलको शब्द तथा शक्तिबल्लभको एकल संगीत रहेको एल्वम्मा सात वटै गीत राष्ट्रिय भावनले ओतप्रोतले भरिपूर्ण भएको गायक खड्काले जानकारी दिए । यस एल्वम्मा रहेको गीतहरुले विभिन्न म्यूजिक एवार्डमा नोमिनेसन र पुरस्कृत भएको छ ।
गीतमा संगीत संयोजक मनोहर सुनाम तथा साउण्ड डिजाइन स्टूडियोमा काठमाण्डौमा रेकडिङ गरिएको हो ।