पूर्वाञ्चल खबर
विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३ र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा १ जना सङ्क्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई वृद्ध पुरुष र दुई महिला रहेका छन् । चारै जनाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ ।
नोबेलमा सुनसरीको धरान–१७ का वृद्ध पुरुषको बिहान २ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यस्तै आजै विहान बिहान ३ः३० बजेतिर विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको मृत्यु भएको नोबेलका प्रबन्धक दाहाल बताए ।
नोबेलमै सिरहाको कल्यापुर –४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु आजै विहान ७ बजेतिर भएको दाहालले बताए ।
यसैबीच विराटमा उपचाररत सुनसरीको इटहरी–८ की ५४ वर्षीया महिलाको पनि आजै विहान १ः२० बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पाइएको जानकारी उनले दिए ।