खबर पूर्वाञ्चल
कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण अनलाईन जुममार्फत भएको अन्तरक्रियामा महासंघकी निवर्तमान अध्यक्ष राणाले उद्योग व्यवसायमा आफ्नो यात्रा र अनुभव साटेकी थिईन । नेतृत्वमा महिला सहभागिता शीर्षकमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष राणाले दृढ इच्छाशक्ति र इमान्दारिता भए आफूले देखेको सपना पुरा गर्न असम्भव नहुने उल्लेख गरीन । राणाले युवा उद्यमीहरुलाई विश्वस्त भएर काम गर्न र राम्रा कामको अनुसरण गरिरहन सुझावसमेत दिईन ।
निवर्तमान अध्यक्ष राणाले कोभिडको महामारीले अर्थव्यवस्था र दैनिक जीवनयापनमा नराम्रो प्रभाव परेको भन्दै सरकारले यसबारेमा सोच्नुपर्नेमा जोड दिईन । उनले आजको समयमा स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि युवाहरुलाई सुझाव दिईन ।
युवा उद्यमी मञ्चले गरेको सिजनको पहिलो लर्निङ सेसनबाट युवाहरुमा सकारात्मक विचार र हौसला बढाएको मञ्चका सञ्चार संयोजक रितेश खनालले बताए ।
कार्यक्रममा नेपालभरका एकसय भन्दा बढी युवा उद्यमी तथा व्यवशायीहरुको सहभागिता थियो ।