पूर्वाञ्चल खबर
नक्कली पत्रकार बनि भारतको जोगवनीदेखि अवैध रूपमा लागूऔषध ल्याउने क्रममा दुई जनालाई आज सशस्त्र प्रहरीको सहियोगमा मटियरुवा प्रहरी चौकी रानीले पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ पर्नेमा सुनसरीको धरान– ७ का २८ वर्षिय सुरज कोइराला र धरान ९ का ४१ वर्षिय निरज भट्टराई रहेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । को २८ प ७२०० नम्बरको मोटरसाईकल चढी आएका उनीहरुलाई शंका लागि चेक जाँच गर्ने क्रमा उनीहरुको साथमा धरानको एक प्रतिस्ठित दैनिक पत्रिकाको नक्कली परिचय साथबाट ६ थान डाईलेक्स डिसी नाम गरेको लागुऔषध र ४ थान मोबाईल सेटसहित केही नगद रकम रहेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको मटियरुवा प्रहरी चौकी प्रमुख प्रसनी शिव कटुवालले बताए ।
दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिएपछि नेपाल–भारत सीमा नाकामा गस्ती गरेर सुरक्षाकर्मीले कडाई गरेको छ । पत्रकारको परिचयपत्र देखाउँदा प्रहरीले भारतबाट नेपाल आउन दिने भन्दै उनीहरूले नक्कली परिचयपत्र बनाएर भारतदेखि अवैध रूपमा लागूऔषध लिएर आउँदा विराटनगर– १७ मटेरूवादेखि सुरक्षामा खटिएको प्रहरीले पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता र अवैध लागूऔषधको कारोबारी रहेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । पक्राउ परेका दुवै जनालाई इप्रका रानीले मोरङ अदालतमा आइतबार लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने मोरङ प्रहरीले जनाएको छ ।