पूर्वाञ्चल खबर
मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५ सय ६५ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८ सय ७८ संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित २ सय १५ पुगेका छन् ।
प्रदेश १ मा आज २ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म२ लाख ३४ हजार ४ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।