खबर पूर्वाञ्चल
छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको । शनिबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाँटीमा बासको भाटाले छेडेको थियो । धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।