पूर्वाञ्चल खबर
विराटनगरको भाटभटेनी सुपर मार्केटको पाँचौ तलामा रहेको क्युएफएक्स गत वर्ष चैत ६ गतेदेखि कोरोना महामारीका कारण बन्द भएको थियो । शिवरात्रीको अवसर पारेर बिहीबारबाट हल पूनः सञ्चालनमा आएको क्यूएफएक्स विराटनगरका म्यानेजर राजन ठाडा मगरले जानकारी दिए ।
कोरोना महामारी नियन्त्रणमा आएपछि सतर्कतासहित सिनेमाघर सञ्चालनमा ल्याइएको म्यानेजर मगरले बताए । उनका अनुसार सिनेमाघरमा दैनिक ३ वटा सो सञ्चालन गरिनेछ । हरेक दिन १२, ३ र बेलुका ६ बजेको सो सञ्चालन हुनेछ ।
कोरोना सङ्क्रमणको जोखिम रहेकाले सतर्कतासहित हल सञ्चालन गरिएको उनले बताए । ‘ सिनेमाघरहरु यस अघि नै खुलिसकेका थिए, क्यूएफएक्स ११ महिना सञ्चालनमा ल्याएका छौं,’उनले भने ‘ हल भित्र सुरक्षा सतर्कता अपनाइएको छ ।’
सामान्य अवस्थामा हलमा २५ जना कामदार कार्यरत थिए । दर्शकको सङ्ख्या कम भएकाले आधा मात्रै कामदार प्रयोग गरिएको उन जनाए । क्यूएफएक्स विराटनगरमा दुई वटाहरु सञ्चालनमा छन् ।