AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा नेकपाको बोर्ड हटाएर एमालेको राखियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७७, सोमबार १५:२६
2.08k
Shares
विराटनगर / सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको भोलिपल्ट उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगरमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले)को राखिएको छ ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि आज एमालेका पूर्व नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

मन्त्री ढकालले सर्वोच्चको फैसलापछि सूर्य चिह्न पनि टुंगो लागेको बताए । उनले भने,‘सूर्य चिह्नबारेको अन्याले हटेको छ ।’ एमालेले अब आफ्नो गतिविधि सुरु गरेको उनले बताए । नेकपाको नाममा रहेको सम्पत्ति अब एमालेकै हुने मन्त्री ढकालले बताए ।

मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जनसंगठनहरुले आजदेखि पूर्ववतरुपमै आफ्नो गतिविधि सुरु गर्ने बताए । पोखरेलले पहिलेकै नाममा जनसंगठनहरुले आफ्ना गतिविधि सुरु गर्ने जानकारी समेत दिए ।

कार्यक्रममा तत्कालीन एमालेका नेताहरु गुरु बराल, विनोद ढकाल, जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर