AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कृषिको व्यवसायिकरणका लागि साप्ताहिक बजार सञ्चालन गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७७, बुधबार १८:४९
1.24k
Shares
विराटनगर / कृषिलाई व्यवसायिकरण गरी कृषकका उत्पादन उपभोक्ता समक्ष सहज रुपमा पु¥याउनका लागि यही फागुन १४ गतेदेखि साप्ताहिक कृषि बजार सञ्चालनमा आउन लागेको छ ।

नेपाल युवा उद्यमी मञ्च विराटनगरले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कृषकहरुलाइ कृषिमा लाभको क्षेत्र पहिचान गराई स–साना मात्राका उत्पादन हुने कृषि वस्तुहरुलाई एकै स्थानमा राखी बजार प्रवद्र्धनका लागि मोरङको कटहरीस्थित कृषि बजारको उत्तरतर्फको खाली जमीनमा प्रत्येक शुक्रबार अपरान्ह ३ बजेदेखि साँझ ८ बजेसम्म बजार सञ्चालनमा गर्ने भएको जानकारी दिएको छ ।

मञ्चका अध्यक्ष सृजन प्याकुरेलले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टिकृत सहकारी संघको सहकार्यमा बजारमा अर्गेनिक सागसव्जी, तरकारी, मह, नौनी, नेवारी खाजा सेट, तराईका विभिन्न समुदायका खाद्य परिकार र घरेलु उद्योगबाट उत्पादन सामाग्री राखिने भएको बताउनु भयो ।

बजारको स्थापनाबाट कृषक तथा घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुको बजारिकरण र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास मञ्चको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर