पूर्वाञ्चल खबर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले आज नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिक गर्दै सो जानकारी दिएको हो । सन् २०२० मा प्रदेश १ मा गिरफ्तारीका घटनामा ३१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ३ सय २५ जना, हत्याका घटनामा ८२ जना, बाल अधिकार उल्लङ्घनका घटनामा २ सय ९९ जना पीडित भएका छन् ।
सन् २०१९ मा प्रदेश १ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएको इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापाले जानकारी दिए ।
नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले महिला र बालबालिकाको अवस्थामा अझैपनि उल्लेख्य रुपमा सुधार हुन नसकेको बताए । इन्सेकको वर्ष पुस्तक अध्ययन गर्दा समग्र मानव अधिकारको अवस्थाबारे थाहा हुने उनले बताए । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय प्रमुख नितु बर्तौलाले धेरै घटनाहरु इन्सेकको बर्ष पुस्तकमा समावेश भएको बताइन् ।
इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले मानव अधिकार बर्ष पुस्तकले मानव अधिकार उल्लङ्घनकर्तालाई दवाव सिर्जना गर्ने बताए । बर्ष पुस्तकले राज्यलाई पनि बर्षभरिका घटनाका बारेमा अवगत हुने उनले बताए ।
कार्यक्रममा प्रदेश १ को उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङलाई पुरस्कृत गरिएको छ । उनलाई नगद ७ हजार राशी सहित मुख्यन्यायाधिवक्ता चुडामणि आचार्य, इन्सेक प्रदेश १ प्रमुख सोमराज थापा, गैसस महासंघ मोरङ उपाध्यक्ष विष्णु शर्मा पन्तलगायतले पुरस्कृत गरे ।