AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सामाजिक विकास मन्त्रालयद्धारा फलफूल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७७, शुक्रबार १७:४८
297
Shares
विराटनगर / ७१ औ प्रजातन्त्र दिवसको अवसरमा आज प्रदेश १ सामाजिक विकास मन्त्रालयले फलफूल वितरण गरेको छ ।

विराटनगरका विराटेश्वर बृद्धाआश्रम, मानव सेवा आश्रम र महिला जागृती केन्द्रका बृद्धबृद्धालाई फलफूल र विहानको खाना खुवाईएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिए । उनका अनुसार महिला जागृती केन्द्रका आश्रित बृद्धाहरुलाई विहानको खाना र विराटेश्वर बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर