AArya
RUMPUM
animated ellipse animated ellipse

प्रचण्ड–माधव समूह गरे आम हड्तालको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७७, बुधबार ०२:३१
855
Shares
विराटनगर / असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको सरकारले एकपछि अर्काे असंवैधानिक काम गरिरहेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले भोली बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोली देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेका हुन् ।

अध्यादेशबाट संवैधानिक परिषद ऐन परिवर्तन गरि सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै सपथ गराइएको हो । संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले पनि संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको बताए ।
आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर