AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुनः स्थापनाको एउटै मुद्दा बनाएर आन्दोलन उत्रिन मोरङ कांग्रेसको सुझाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७७, मंगलवार २०:०७
423
Shares
विराटनगर/ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध एउटै मुद्दा बनाएर आन्दोलनमा उत्रिन केन्द्रीय समितिलाई नेपाली कांग्रेस मोरङले सुझाव पठाएको छ ।

मोरङ कांग्रेसको नियमित बैठकले संसद पुनःस्थापनाको एकसूत्रीय माग राखेर देशव्यापी रुपमा आन्दोलन गर्नुपर्नेमा जोड दिएको छ । पार्टी कार्यालयमा सोमबार सभापति डिकबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले ढुलमुले चरित्र हटाएर संसद विघटनको एक मात्रै माग राखेर आन्दोलन गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ ।

नेकपा नेतृत्व सरकारले देशलाई जर्जर बनाएको निष्कर्षसमेत बैठकले निकालेको छ । “कांग्रेसले अब के गर्छ भनेर सारा जनताले हेरिरहेका छन्,” सभापति लिम्बूले बैठकपछि भने, “संसद पुनःस्थापनाको एउटै मुद्दा बोकेर कांग्रेस जनतामाझ जानुपर्छ भनेर हामीले केन्द्रलाई सुझाव पठाउने निर्णय गरेका छौं ।”

बिहीबार मोरङका १ सय ५९ वटा वडामा प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको छ । केन्द्रको कार्यक्रमअनुसार सबै वडामा महासमिति, महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यलगायतका नेताको उपस्थितिमा भव्य रुपमा विरोधसभा गर्नका लागि तयारीलाई तीव्र पार्ने निर्णय भएको सचिव मोदराज घिमिरेले जानकारी दिए । बैठकले सात दिनभित्र क्रियाशील सदस्यको नवीकरणसहितको विवरण जिल्लामा पठाउन पार्टीको स्थानीय तह र वडा समितिलाई निर्देशन दिएको घिमिरेले बताए । बैठकमा उपसभापति शिवनारायण गन्गाईं, भक्तिनाथ माझी, सचिव नागेश कोइराला, कोषाध्यक्ष गोपाल बस्नेतलगायतले प्रतिनिधिसभाविरुद्धको आन्दोलनमा खरो रुपमा उत्रिन नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर