AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सय जनालाई कम्वल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७७, आईतवार १८:२०
288
Shares
इटहरी / इटहरी उपमहानगरद्धारा इटहरी वडा नं १७ का विपन्न वस्तिका सय जनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गरे । जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन् ।

जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । विगत केहि दिनदेखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ । जाडोवाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर