खबर पूर्वाञ्चल
दोस्रो चरणको कोरोना बीमा वापतको रकम धरानमा प्रेस युनियन सुनसरीले एक कार्यक्रम गरी एक–एक लाखको चेक हस्तान्तरण गरेको हो ।
नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं कम्पनी मार्फत गरिएको कोरोना बिमा अन्तर्गतको रकम कोरोना संक्रमण भई निको भएकाहरूलाइ वितरण गरिएको हो ।
प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार निर्मल कार्की,सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सीना, कृष्ण प्रसाद अधिकारी , शिशिर राई,संजीता धमला र गोपाल कामतलाई जनही एक लाख रुपियाँको दरले चेक हस्तान्तरण गरिएको हो ।