AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङका पाँच पत्रकार विराटनगरमा पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७७, शुक्रबार १८:४१
1.36k
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा मोरङका पाँच जना पत्रकार विराटनगरमा पुरस्कृत एवं सम्मानित भएका छन् ।

खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय पदम सरदार र बाबुराम भण्डारी, प्रतिभा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय हरिप्रसाद कोइराला र विवेक गौतम छन् ।

खिलेश्वरी पत्रकारिता पुरस्कार र नगर विकास पत्रकारित पुरस्कारको राशि जनही .१५ हजार छ भने प्रतिभा पत्रकारित पुरस्कारको राशि जनही २१ हजार रहेको छ । उनीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रलगायतले पुरस्कृत गरेका थिए ।

नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभाले पत्रकारहरुको पेशागत सुरक्षा, आर्थिक तथा सामाजिक परिवेशसँग सम्बन्धीत विभिन्न २० बुँदे घोषणापत्रसमेत पारित गरेको छ ।

साधारण सभाले पत्रकार महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्यले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सन्तोष सिग्देलद्वारा प्रस्तुत आम्दानी खर्चको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चार क्षेत्रमा विकास एवं सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले सञ्चार कार्य विधि मस्यौदा तयार गरिरहेकोले यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले सञ्चारकर्मीहरुको वृति विकासमा सहयोग गर्न नगरपालिकाले कल्याणकारी कोष बनाउने यसमा नगरपालिकाको ८० प्रतिशत र सञ्चारकर्मीहरुको २० प्रतिशत सहयोग हुनु पर्ने भन्दै अहिलेको वर्तमान परिस्थितिमा द्वन्द्व र अस्थिरता तर्फ मुलुकलाई जान नदिन सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सञ्चार क्षेत्रको सूचना र समाचारबाट आम नागरिकमा जागरुकता बढेको चर्चा गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले सञ्चारकर्मीहरु आफ्नो पेशामा मर्यादित हुनु पर्ने र पत्रकारिताको क्षेत्रमा स्वस्थ आलोचना गर्नु राम्रो रहेको बताए । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि सञ्चारकर्मीहरुको भूमिका अग्रणी हुने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारिता क्षेत्रको विकासमा योगदान दिन स्थानीय तहले सहयोग गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष राजकुमार यादव,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदा, राष्ट्रिय मानव अधिकार आयोगको पूर्वाञ्चल निर्देशक नितु गड्तौला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जानुका बरालले समाजमा चेतना ल्याउन र गलत मानिसहरुलाई खबरदारी गर्न पत्रकारिता क्षेत्र महत्वपूर्ण योगदान दिइरहेको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर