AArya
RUMPUM
animated ellipse animated ellipse

युवा अभियन्ता वसिम आलमको समूहले विपन्न १ सय ४४ विद्यार्थीहरुलाई न्यानो कपडा र जुत्ता वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ पुष २०७७, बिहीबार १९:१९
342
Shares
विराटनगर / बिपन्न, गरिब एवं असहायका छोराछोरी अध्ययनरत विराटनगरका एक विद्यालयका विद्यार्थीहरुले आज यहाँ न्यानो लुगा प्राप्त गरेका छन् ।

सामाजिक अभियन्तामा लागेका युवा वसिम आलमको समूहले विराटनगर –१२ स्थित जनता आधारभुत विद्यालयका ९० छात्रा सहित १४४ जना विद्यार्थीहरुलाइ न्यानो लुगा, जुत्ता, र टोपी आज वितरण गरिएको हो ।

केही दिन पहिले राससले सोही शीर्षकमा लेखेको समाचारमा दरैयास्थितका विपन्न एवं असहाय परिवारका विद्यार्थीहरु मात्र पठनपाठन गरिरहेका ती बालबालिहरुलाई न्यानो लुगाको अभावमा समस्या भएको विद्यालयका प्रधानाध्यापक नरहरि कोइरालाले जानकारी दिए ।

मुसहर(ऋषिदेव),महतो, राजवंशी र यादव लगायतका विपन्न परिवारको मात्र बसोबास रहेको उक्त क्षेत्रका विद्यार्थीहरुले विद्यालयबाट प्राप्त पोशाक मात्र लगाएका थिए भने ज्याकेट अथवा स्विटर अहिलेसम्म नलगाएको बताएका छन् ।

शिशु कक्षादेखि पाँच कक्षासम्म अध्ययनरत हुने विद्यालयमा विगतमा दिउँसो खाजाको व्यवस्था भए पनि हाल बन्द रहेकोले विद्यार्थीहरुको सङख्यामा केही कमी आएको शिक्षिका सावित्रा घिमिरेले बताए ।

विगत २७ वर्षदेखि अध्यापन गराउदै आएकी शिक्षिका घिमिरेले गरिबीको कारण उनीहरुलाई हातमुख जोड्नै समस्या हुने परिवारका विद्यार्थीहरुले आज न्यानो लुगा पाउँदा अनुहारमा खुशी देखिएको थियो ।

दैनिक मजदुरी गरी परिवार पाल्ने उक्त क्षेत्रमा कहिले काँही विद्यार्थीहरु भोकै विद्यालय आउनु पर्ने वाध्यता रहेकोले दिउँसो खाजाको व्यवस्था भएमा विद्यार्थीहरुलाई अध्ययनमा नियमित गराउन सकिने र विद्यालय छोड्ने कार्यलाई पनि नियन्त्रण गर्न सकिने प्रधानाध्यापक कोइरालाले बताए ।

युवा आलमको समूहलाई विद्यालय परिसरमा देख्दा निकै रोमाञ्चित एवं हर्षित भएका विद्यार्थीहरु लुगा , जुत्ता र टोपी पाएसँगै उनीहरु अत्याधिक रमाएका थिए । अभियन्ता आलमले हामी यस्तै समुदाय र उपेक्षित वर्गलाई सहयोग गर्न पाउँदा खुशी लागेको र यस विद्यालयमा निरन्तर निगरानी र सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

कक्षा दुईमा अध्ययनरत विद्यार्थी श्याम पासवानले अहिलेसम्म आफूले जुत्ता नलगाएको कुरा सुनाउँदा आफू ज्यादै दुःखित भएको अनुभूति भयो आलबले सनाए ।

विद्यार्थीहरुको अवस्था हेर्दा लुगा पनि सफा नदेखिएकोले कति समस्यामा रहेका छन् जोकोहीले पनि सजिलै अनुभूति गर्न सक्दछन् ।

पाँच कक्षामा अध्ययनरत छात्रा अञ्जली राजवंशीले स्विटर लगाउने चाहना भए पनि प्राप्त नभएकोले घरमा पनि यही लुगा र विद्यालय आउँदा पनि यही लुगा लगाइ रहदा हामीलाई समस्या भइरहने दुखेसो सनाइन् । आलम समूहले बन्दाबन्दीको समयमा रोजगार गुमाएका , असहाय, सडक मानव ,अपाङ्गलाई बिहान बेलुकी दैनिक खाना खुवाउने अभियान चलाएका थिए अहिले जाडोबाट बचाउन न्यानो लुगा वितरण अभियानमा जुटेका छन् ।

विद्यालयले स्वास्थ्य सुरक्षा अनपनाउंदै विद्यार्थीहरुलाई मास्क उपलव्ध गराउनका साथ सेनिटाइजर गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर