AArya
RUMPUM
animated ellipse animated ellipse

‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो : डा.कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०७७, आईतवार १३:२९
396
Shares
विराटनगर / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद विघटन गर्ने सिफारिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज विहान संसद विघटन गर्न राष्ट्रपतिसँग सिफारिस गरेपछि डाक्टर कोइरालाले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक ‘कू’ गरेको बताएका हुन् । डाक्टर कोइरालाले प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको समेत बताए ।

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दैै डा. कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध काँग्रेस सडक संघर्षमा आउने बताए । डा. कोइरालाले भने ‘प्रधानमन्त्री ओलीको कदम संवैधानिक ‘कु’ हो र यस विरुद्ध नेपाली काग्रेंसले संघर्ष गर्छ ।’ डा. कोइरालाले संविधान विपरित प्रधानमन्त्रीबाट भएको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न नहुने भन्दै राष्ट्रपतिको कमद पनि काँग्रेसले भावी रणनीति तय गर्ने बताए ।

डा.कोइरालाले लोकतान्त्रिक संविधानमाथिको प्रहार विरुद्ध तत्काल सडकबाट प्रतिरोध गर्नुपर्ने बताए । प्रधानमन्त्री ओली अधिनायकवादी शासकको अभ्यासमा जानकै लागि असंवैधानिक कदम चालेको भन्दै उनले यसलाई नरोक्ने हो भने संकटकाललगायत जुनसुकै हर्कत गर्नसक्ने सम्भावना रहेको बताए ।

‘असबैधानिक कार्यको काग्रेंस मात्र हैन सबै राजनैतिक दलहरुले प्रतिबाद गर्नुपर्छ, नत्र ओलीले राष्ट्रघातका लागि जे पनि गर्दै जानेछन्,’ डा.कोइरालाले भने । उनले संसद विघटनको सिफारिसका सन्दर्भमा सत्तारुढ दलका नेताहरु, प्रमुख प्रतिपक्ष दलका नेता, संविधानविद्, कानूनविद् सबैसँग छलफल गर्न र असंवैधानिक कदमलाई रोक्न राष्ट्रपतिलाई आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले यसअघि काँग्रेस सभापति शेरबहादुर देउवासँग समझदारी गरेरै संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको चर्चा चलेपनि त्यसबारे आफुलाई थाहा नभएको डा.कोइरालाले बताए । यदि सभापति देउवासँग मिलेमतो गरेको हो भने त्यो गलत कार्यको सदैव विरोध गर्ने उनको भनाइ छ ।

संसद विघटनपछि ६ महिनामा निर्वाचनमा जानु पर्ने संवैधानिक व्यवस्था भएको बताउँदै डा. कोइरालाले नेपाली काङ्ग्रेस निर्वाचनसँग नडराउने समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर