AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै नौ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालय आजबाट सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७७, बिहीबार १७:२५
963
Shares
विराटनगर / नौ महिनायता बन्द रहेका विराटनगरका विद्यालय आजदेखि खुलेका छन् । कोरोना महामारीका कार विद्यालय चैत ६ गतेदेखि बन्द रहेको थियो ।

विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालन ल्याउने महानगरपालिकाले गत मंसिर २१ गते निर्णय नै गरेको थियो । मन्त्रिपरिषद्बाट पारित कोभिड–१९ सन्दर्भमा विद्यालयसम्बन्धी कार्य ढाँचा २०७७ को निर्देशिकाअनुसार महानगरले विद्यालय सञ्चालन गर्न अनुमति दिएको थियो ।
कोरोना संक्रमणको जोखिम कम हुँदै गएको दावी गरिएपनि आफ्ना सन्तानलाई विद्यालयमा पठाउन अझै पनि अभिभावक भने डराई रहेका छन् ।

निजी विद्यालयहरुले भौतिक र अनलाइन विधिमार्फत नै विद्यालय सञ्चालनमा ल्याउने योजना अगाडी सारेका छन् । अभिभावकको निर्णय अनुसार नै विद्यालय सञ्चालकहरुले विद्यार्थीलाई भौतिक उपस्थिति गराउनु पर्ने हुन्छ । तर, विद्यालयले बालबालिकाको सुरक्षाको लागि पूर्ण स्वास्थ्य मापदण्ड पालना हुनेगरिको व्यवस्थापन गर्नुपर्ने हुन्छ । विराटनगर क्षेत्रका विद्यालय सञ्चालनका लागि महानगरले विशेष स्वास्थ्य सर्तकता अपनाउन आग्रह गर्दै त्यसको कडाई पूर्वक नियमन समेत सुरु गरेको छ ।

विद्यालय खुले आज पहिलो दिन विद्यार्थी निकै कम आएका छन् । कोरोना सङ्क्रमण जोखिम कायम नै रहेकाले न्यून मात्रामा विद्यार्थी विद्यालय आएका हुन् ।
‘पहिलो दिन हामी विद्यालयको अनुगमनमा छौँ,’ विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले भने, ‘अनुगमनका क्रममा विद्यार्थी निकै कम आएको देखियो ।’ कोरोना महामारीको त्रास कायम नै रहेकाले विद्यार्थीको संख्या निकै कम देखिएको हो ।

‘केही स्कुलमा एउटा बेञ्चमा तीन जनासम्म राखेको पाइयो,’ उनले भने, ‘सुरक्षा सतर्कता अपनाएकै देखियो । तीनजना विद्यार्थी राख्ने विद्यालयलाई छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइयो ।’

महामारीका कारण विद्यालय बन्द भएपछि विराटनगरका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । विद्यालय खुले पनि अनलाइन कक्षा जारी रहनेछ । ‘पहिलो दिन विद्यार्थी कम आएका छन्,’ प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीले भने, ‘विस्तारै विद्यार्थी आउने क्रम बढ्छ ।’ नौ महिनायता घरमै बस्न बाध्य भएका विद्यार्थीले विद्यालय आउन पाउँदा उत्साहित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर