AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पार्टी र सरकारमा ओलीको एक्लौटी हालीमुहालीको विरोधमा प्रचण्ड र नेपाल खेमाका युवा संघको विराटनगरमा भेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७७, मंगलवार १८:०५
1.11k
Shares
विराटनगर / पार्टी र सरकारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको एक्लौटी हालीमुहालीको विरोधमा अर्का अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधव नेपाल खेमाका युवा तथा विद्यार्थीले जिल्लास्तरीय दवाव कार्यक्रम आयोजना गरेका छन् ।

विराटनगरमा आज आयोजित सो कार्यक्रममा पार्टी विधि र प्रक्रियाबाट नचलेर व्यक्तिवाद हावी भएको भन्दै ओलीको आलोचनासमेत भएको थियो । ‘सम्पूर्ण देशभक्त प्रगतिशील तथा क्रन्तिकारी युवा विद्यार्थी एक जुट हौँ’ प्रमुख नाराका साथ आयोजना गरेको भेलाले सुदृढ एकताका लागि जोड समेत दिएका छन् ।

भेलामा बोल्दै राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)ले सरकारले ल्याएको अध्यादेश विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता नभए आन्दोलन गर्ने उनले चेतावनी दिएका हुन् । ‘हामीलाई जनताले दिएको म्यान्डेड अनुसार संसदबाट कानुन बनाउने हो, अध्यादेशबाट देश चलाउने होइन,’ ‘अध्यादेश फिर्ता नभए सडकमा आगो बल्छ, दुईजना चरि ढुक्कुर मिलेर जे पनि गर्न मिल्छ ?’

सापकोटाले नेकपाको नेता कार्यकर्ताका लागि अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै रून पनि नपाइने अवस्था रहेको बताए । ‘नखाऊ दिनभरिको सिकार, खाउँ कान्छा बाबुको अनुहार जस्तो भएको छ, यहाँ बोलौं भने मात्रै पनि कान्छाबाबुको अनुहार देखिन्छ,’ सापकोटाले भने ‘७० करोड खान खोज्नेहरुले नैतिकताको पाठ सिकाउने कस्ता दिन ?’ सापकोटाले नेकपामा अहिले देखिएको तेस्रो धार मिलाएर खानेहरुको भएको भन्दै माक्सवादले कुनै पनि बीचको कुरा नगर्ने बताए ।  उनले पार्टी एकता कसैको स्वार्थ पूरा गर्न नभई नेपाली जनताको चाहना र आवश्यकता पूरा गर्नको निम्ति भएको कुरामा समेत जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले पार्टीमा गम्भीर सङ्कट देखा परेकोले यसको समाधानमा युवाहरु एकता भएर लाग्नु पर्ने बताए । कुनै पनि हालतमा पार्टी नफुट्ने र फुट्न पनि नदिने उनको भनाइ थियो । ‘पार्टी फुट्न हामी दिदैनौं, ५ गतेको केन्द्रीय समितिको बैठकमा नेताहरूको कस्को के चाहना छ हामी बुझ्दैछौं, त्यही अनुसार निर्णय गर्छौं,’ रेग्मीले भने, ‘समुन्द्रबाट २/४ ट्यांकर पानी कसैले लैजाँदैमा पानी सकिँदैन ।’

पूर्व आपूतिमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य शिवकुमार मण्डलले पार्टीको सञ्चालन विचार र विधिबाट हुनु पर्ने प्रष्ट पार्दै सरकार जनताका हीतमा केन्द्रित रहनु पर्ने बताए । ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमितता छानविन हुनुपर्छ कि पर्दैन ?, पार्टी फोर्ने अध्यादेश किन आयो ?, सरकारले गरेको कामको जवाफदेहिता लाखौं कार्यकर्ताले दिनु पर्छ भने सरकार राम्रो चलाउनु पर्छ कि पर्दैन ?’, मण्डलले प्रश्न गरे, ‘भारतीय एजेन्सी ‘रअ’सँग गोप्य भेट किन भयो ? ।’

कोही राजासँग मित लगाउन गए आफूहरु त्यसलाई अस्वीकार गर्ने बताउँदै मण्डलले विदेशी दलाललाई ल्याएर भ्रष्टाचारको सुरूआत गर्नेहरू राजा र कांग्रेस नै भएको दाबी गर्नुभयो । उहाँले अबको युग कांग्रेस र राजाहरुको नभई कम्युनिष्टको युग भएको पनि बताए ।

सङ्घीय सांसद् अमनलाल मोदीले नेकपाभित्र निर्मम तरिकाको बहसको खाँचो रहेको बताए । मोदीले विधि र पद्दतिबाट सञ्चालन भएमात्र पार्टी दीर्घजीवी हुने बताए ।

नेकपा नेता तथा प्रदेश १ का प्रदेशसभा सदस्य कूलप्रसाद साम्बा (कुशल)ले चिनमा माओले गरेजस्तै अब हेडक्वाटरमा बमबाड गर्नुपर्ने बताए । ‘अस्पतालमा मानिसहरु लाखौं रुपैयाँ खर्च गरेर उपचार गर्दा पनि अन्तिममा लाश लैजान पैसा नहुने ? यो कम्युनिष्ट सरकार भन्दा लाज हुँदैन ?,’ आक्रोशित हुँदै लिम्बूले भने, ‘अब हेडक्वाटर विरुद्ध बमबाड गर्नुपर्छ ।’ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हालसम्म प्रदेशको नाम पनि राख्न नसकेको तर, कार्यक्रमै पिच्छे टाइसुट फेरेर भाषण गर्न जाने गरेको भन्दै साम्बाले भनते, ‘मुख्यमन्त्रीले सुट फेरेर प्रदेश बन्छ ?, खोइ समृद्धि ? जनतालाई के जवाफ दिनु ? काम गर्न नसकेको हो भने छोड्नुहोस हामी चलाउँछौं ।’

नेकपाका मोरङ सचिव गणेश उप्रेतीले वैचारिक बहससँगै पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । साविक युवा सङ्घ नेपालका महासचिव नरेश शाहीले कोपी शर्मा ओली र प्रचण्डलाई अध्यक्ष बनाउन नभएर गरिब र किसानको मुहारमा उज्यालो ल्याउन एकता भएको जिकिर गरे ।

कार्यक्रममा नेकपा नेता इश्वरी आचार्य, वसीम आलमलगायतले नेकपा एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर