खबर पूर्वाञ्चल
प्रदेश १ को १४ जिल्लामा विक्री वितरण गर्ने उद्देश्यले विराटनगर– २ मुनालपथस्थित एसीई ट्याक्टरको आधिकारि विक्रेता ‘जय गुरु इन्टरनेशनल’ को डिर्लर आइतबारदेखि संचालनमा आएको हो ।
जय गुरू इन्टरनेशनलमा नयाँ टेक्नोलोजी जडान भएको एसीई ट्याक्टर बजारमा आएको प्रोपाइटर अमित साहले जानकारी दिए । अन्य ट्याक्टरको तुलनामा एसीई ट्याक्टरले कम इन्धन खपत गर्ने कम्पनीले जनाएको छ । उक्त ट्याक्टर तीन क्लयान्डरमा उपलब्ध गरेको बताइएको छ । एसीई ट्याक्टरको ३५ एचपी, ४० एचपी, ४५ एचपी र ५० एचपीसम्मको रहेको कम्पनीको सर्भिस इन्जिनियर शिव रामले जानकारी दिए । उक्त ट्याक्टरको खरिद गर्ने ग्राहकलाई कम्पनीले विशेष छुट पनि दिएको जय गुरु इन्टरनेशनलका प्रोपाइटर नितेस साहले जानकारी दिए । उनका अनुसार ट्याक्टर खरिदको पाँच वर्षसम्म निःशुल्क होम सर्भिसको सुविधा दिने गरेको बताए ।
‘पुरानो ट्याक्टरसँग नयाँ एसीई ट्याक्टर एक्सचेन्ज परि गरिन्छ,’ उनले भने, ‘यो ट्याक्टरमा २ वर्ष वा २ हजार घण्टा वारेन्टीको सुविधा कम्पनीले लिएको छ ।’ यस्तै एसीई ट्याक्टरको खरिदमा बैकिङ्ग र फाइनासको सुविधा पनि रहेको छ । ट्याक्टरमा हाइ गराउन्ड किलियरेन्स र मोवाइल चार्ज पनि गर्न सकिने सुविधा रहेको छ । डिर्लरको उद्घाटनमा मोरङ व्यापार संघको महासचिब अनिल साह, कम्पनीको सर्भिस इन्जियिर शिव राम, सेल्स मेनेजर सन्जय कुसुवा, डिर्लरका प्रोपाइटरद्धोय अमित साह, नितेस साहको सहभागिता रहेको थियो । डिर्लर उदघाटन भएको दिन ट्क्याटरहरू पनि विक्री भएको बताइएको छ । उक्त ट्याक्टरको मूल्य ११ लाख भन्दा माथिको मूल्यको रहेको छ ।