AArya
RUMPUM
animated ellipse animated ellipse

वीएफएममा ‘कोरोनासँग मेरो जीवन’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ मंसिर २०७७, आईतवार १९:०३
333
Shares
विराटनगर / वीएफएम विराटनगरमा ‘कोरोनासँग मेरो जीवन’ रेडियो कार्यक्रम शुरु भएको छ । कोरोना संक्रमितका अनुभव र प्लाज्मा दाताहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित कार्यक्रम शुरु गरिएको हो ।

दैनिक प्रत्यक्ष रुपमा दिउँसो ४ बजेदेखि ५ बजे सम्म सञ्चालित कार्यक्रममा संक्रमितका अनुभव आदान प्रदान गर्ने गरिएको छ । कोरोना नयाँ रोग भएकाले यसका बारेमा आम सर्वसधारणलाई अझैपनि धेरै कुरा थाहा नभएकाले ‘कोरोनासँग मेरो जीवन’को अवधारणा ल्याईएको कार्यक्रम प्रस्तोता जनस्वास्थ्यकर्मी कैलाशखाकी श्रेष्ठले बताए । उनले भने,‘ कोरोनाको विभिन्न समयममा परिवर्तन आईरहने देखिएकाले संक्रमितसँगको अनुभव आदान प्रदान महत्वपूर्ण देखियो ।’ संक्रमितको कुरा सुन्दा श्रोतालाई सत्यतथ्य जानकारी हुने श्रेष्ठको भनाई छ ।

गत कात्तिक २७ गतेबाट शुरु कार्यक्रमको राम्रो प्रतिक्रिया आएको उनले बताए । रेडियो कार्यक्रम मार्फत प्लाज्मा दाताहरुलाई प्रोत्साहन गर्दै आईएको छ । बर्तमान समयमा ‘कोरोनासँग मेरो जीवन’ कार्यक्रम प्रभावकारी हुने देखिएपछि एफएमको लगानीबाट शुरु गरिएको वीएफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताए ।

तत्कालका लागि १ सय अंकको योजना सहित कार्यक्रम शुरु गरिएको उनले बताए । संवन्धित सरोकारवालासँग कार्यक्रमको निरन्तरताका लागि एफएमले छलफल गरिररहेको डा. श्रेष्ठको भनाई छ । उनले भने,‘ कार्यक्रमको प्रभावकारीका कारण प्रदेशव्यापी रुपमा कार्यक्रम लैजानका लागि सरोकारवालासँग छलफल शुरु गरिएको छ ।’

वीएफएमले यसअघि कोरोना संक्रमण शुरु भएलगत्तै कोरोना विशेष कार्यक्रम १ सय अंक प्रसारण गरेको थियो । जनस्वास्थ्य बहस हरेक साता प्रसारण हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर