AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लावारिस सडक कुकुरलाई स्केबिज रोग विरुद्धको खोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७७, शुक्रबार १८:११
720
Shares
विराटनगर / विराटनगरका युवाहरुले महानगर क्षेत्रभित्रका सडक तथा घरपालुवा कुकुरहरुलाई स्केबिज रोग विरुद्धको खोप लगाईदिएका छन् ।

‘स्केबिज फ्री विराटनगर’ अभियान अन्तर्गत युथ ह्याण्ड्स फर भ्वाईसलेस संस्थाका युवाहरुले कुकुरलाई स्केबिज नामक संक्रामक रोग विरुद्धको खोप लगाईदिएका हुन् । गत मङ्गलबारदेखि सुरु गरिएको अभियानको आज चौथो दिन युवाहरुले बिशेषगरि सडकमा लावारिस छोडिएका १ दर्जन सडक कुकुरलाई खोप लगाईदिएका हुन् ।

स्केबिज ‘सार्कोप्टेस स्काबी’ नामक किटाणुको संक्रमणबाट लाग्ने रोग हो । विश्वमा हरेक बर्ष करिब ३० करोड जनसंख्या यो रोगबाट संक्रमित हुने गरेको एक अध्ययनले देखाएको छ । यो रोग कुकुरबाट मानिसमा पनि सजिलै सर्न सक्ने भएकाले युवाहरुले सो विरुद्धको खोप लगाउने अभियानको थालनी गरेका हुन् । स्केबिजको ‘आईबरमेक्टिम’ खोप कुकुरहरुमा छालासँग सम्बन्धित अन्य सबै प्रकारका रोगविरुद्ध लड्न प्रभावकारी साबित हुने संस्थाकी सदस्य शिल्पा सुवेदीले बताइन् ।

स्केबिजलाई नेपाली लुतो भनिन्छ । कुकुरमा यो रोगको संक्रमण भएपछि शरीरको विभिन्न भाग चिलाउने, स–साना राता बिबिरा जस्तो घाउ देखिने, फोका वा गाँठो पर्ने तथा भुत्ला झर्ने लगायतका लक्षणहरु देखा पर्ने संस्थाका सदस्य एवं भेटेनरियन प्रतिक कोईरालाले जानकारी दिए ।

मानिसहरुमा संक्रमण भएको ४ देखि ६ हप्तामा यो रोगको लक्षण देखापर्ने जनाईएको छ । सो अभियानमा भने रमन अधिकारी, निरञ्जन सिंह, स्वीकृति कोईराला, प्रशान्त रोकाया र वसन्त रोय लगायतका संस्थाका सदस्य लगायतले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर