AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ४ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा कोरोना संक्रमित देखियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७७, बुधबार १८:४७
441
Shares
विराटनगर / प्रदेश १ मा ४ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा आज ९२ जनामा कोरोना संक्रमित देखिएको छ । प्रदेश १ मा संक्रमितको संख्या २७ हजार ५ सय ३३ पुगेको छ ।

झापामा २६, सुनसरीमा २१, मोरङ, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ६, बा¥हदशीमा ५, विर्तामोडमा ४, भद्रपुर, शिवसताक्षी, कनकाई र दमकमा २–२, अर्जुनधारा, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा १६, इटहरीमा २, रामधुनी, गढी र इनरुवामा १–१, मोरंगको विराटनगरमा १३, सुनबर्षी र मिक्लाजुङमा २–२, उर्लाबारी, कटहरी र बेलबारीमा १–१ जना, इलामको इलाम नगरपालिकामा १७, माईजोगमाईमा २ र सुर्योदयमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४२७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर