AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुक्तिनाथ विकास बैंक “युरोपियनमाइक्रोेफाइनान्स अवार्ड २०२०”बाट पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७७, शुक्रबार १७:३९
288
Shares
विराटनगर / मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०” को विजेता भएको छ ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०”को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

“युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १÷१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने वैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १ सय ३८ वटा शाखाहरु मध्ये १ सय १८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिएको वैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर