AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हत्या मुद्दामा मुछिएका वडाअध्यक्ष प्रदिपचन्दलाई १ लाख धरौटिमा छाड्न उच्च अदालतको आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०७७, बिहीबार २१:५६
2.49k
Shares
विराटनगर / विराटनगर – १४ जतुवाका ५५ वर्षिय सेमानन्द यादवको कुटपिटपछि मृत्यु भएपछि ‘कर्तब्य ज्यान’ मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवलाई उच्च अदालत विराटनगरले धरौटिमा छोडन आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश महम्मद जुनैद आजादको संयुक्त इजालशले यादवलाई बिहीबार १ लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएको हो ।

२०७६ माघ २४ गते मोरङ अदालतलका मुख्य न्यायधीश मेदनीप्रसाद पौडेलको इजलाशले वडाअध्यक्ष यादवलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका थिए । कर्तब्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा गएपछि यादव र विराटनगर १८ का वडाअध्यक्ष सन्जय साहले मुलुकी फैजदारी कार्यविधीको ७३ नम्बर उच्च अदालत गरेका थिए । बिहीबार वादी र प्रतिवादीको बहस भएपछि उच्च अदालतले जहदका वडाअध्यक्ष यदावलाई १ लाख धरौटि र विराटनगर १८ का वडाअध्यक्ष साहलाई मोरङ अदालतको आदेशलाई सदर गरेको उच्च अदालत विराटनगरले जनाएको छ । एकै प्रकृतिका मुद्दामा वडाअध्यक्ष यादवलाई धरौटिमा र अर्का वडाअध्यक्ष साहलाई जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको छ ।

हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएका मध्ये यदाव लकडाउनको समयमा सुटुक्क अदालतमा हाजिर भएका थिए ।

विवाहको विषयमा विवाद हुँदा गत जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २०७६ असार २६ गते कोशी अस्पतालमा मृत्यु भएको थियो ।

यादवको मृत्यु भएपछि विराटनगर महानगरपालिका १४ का वडाअध्यक्ष ६५ वर्षिय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजयकुमार साह, मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादव, वडाअध्यक्ष बलदेवका ३० वर्षिय छोरा रविन यादव, विराटनगरका ५५ वर्षिय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव, २७ वर्षिय दिपेश यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादव विरूद पीडित परिवारले किटानी जाहेरी दिएका थिए । हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएका थिए । उनीहरू विरूद्ध पीडित परिवारले किटानी जाहेरी दिएसँग अभियुक्तहरूलाई खोज्न प्रहरी भारतसम्म पुगेको थियो । तर प्रहरीले उनीहरूलाई पक्रिन सकेको थिएन । उद्यपी सो हत्या प्रकरणका आरोपी विराटनगर १४ का २७ वर्षिय दिपेश यादव गत १८ भदौमा मोरङ प्रहरी कार्यालयमा कानुन व्यवसायीको साथ उपस्थीति भएका थिए । प्रहरीले यादवलाई हिरासतमा राखेर २१ दिन लगाएर अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले अदालतमा गत १० असोजमा अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । गत असोज १० गते मोरङको अदालतको आदेशपछि पुर्पक्षको लागि दिपेश कारागार चलान भएका थिए । अन्य फरार छन् । दिपेशले पनि गत पुस १९ गते उच्च अदालतमा ७३ नम्बर गरेकोमा उच्चले जिल्ला अदालतको आदेश सदर गरेको थियो । २०७७ असार १८ गते दिपेशले सर्वोच्च अदालतको आदेशले साधरण तारेखमा छुटेका थिए । सो मुद्दामा अन्य सात जना प्रतिवादी अझै फरार छन् । उनीहरू भारततर्फ रहेको बुझिएको छ । बिहीबार उच्च अदालतमा पेशी चढेपछि पीडित परिवारले प्रतिवादीहरूलाई जिल्लाको आदेश सदर गर्न माग राख्दै नाराबाजी पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर