AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज थपिए १ सय ५७ कोरोना संक्रमित, संक्रमितको संख्या ६ हजार ८ सय नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०७७, बुधबार १८:०७
513
Shares
विराटनगर / विराटनगरमा ७६ सहति प्रदेश १ मा आज १ सय ५७ कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ ।

मोरङमा १ सय २, सुनसरीमा ४०, झापामा ९,उदयपुर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष, कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १–१ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५३ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५–५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर