AArya
RUMPUM
animated ellipse animated ellipse

लर्ड बुद्ध कलेजले २ सय जना विद्यार्थीलाई पूर्ण छात्रवृतिमा पढाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ भाद्र २०७७, बुधबार २०:१४
567
Shares
विराटनगर /विराटनगर–१० मा रहेको लर्ड बुद्ध कलेजले ११ मा पढ्ने २ सय जना विद्यार्थीलाई पूर्ण छात्रवृतिमा पढाउने आवहान गरेको छ ।

न्यूरो हस्पिटल विराटनगरद्वारा सञ्चालीत लर्डबुद्ध कलेजले एक कार्यक्रमको आयोजना गरि यस शैक्षिक शत्रमा सत प्रतिशत छात्रवृतिसहित २ सय जना विद्यार्थीलाई पढाउने कलेजका म्यानेजिङ डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

छात्रवृति स्किमका लागि विद्यार्थीले एसईईमा ३.८५ वा सो भन्दा माथि जिपिएसहित उत्तिर्ण भएको हुनुपर्ने कलेजका प्रधानाध्यापक सरोज भट्टराईले जानकारी दिए । उनले हाल कोरोनाको महामारिको बेला विद्यार्थीहरु शिक्षाबाट बंचित नहोस र हाल विद्यार्थीहरुले अध्ययन गरिरहेको विभिन्न अनलाइन कक्षाकालागि यो छात्रवृतिको आवहान गरेको बताए । कलेजले छात्रवृतिका लागि आवहान गरे संगै, विद्यार्थीहरुको भर्ना प्रक्रिया अगाडि बढि सकेका छन् । दुर शिक्षा नामक छात्रबृतिमा पहिलो आउने पहिलो आधारका अनुसार २ सय जना विद्यार्थीलाई लर्डबुद्ध कलेजले सत प्रतिशत छात्रवृतिमा पढाउने भएको छ । यो छात्रवृतिकालागि विद्यार्थीहरुले विज्ञान र मानविकि संकायकालागि दाबी गर्न सक्ने छन् । हाल यस कलेजले १ विद्यार्थी १ सिट सहितको अवधारण कार्यन्वयनमा ल्याएको छ । साथै सम्पुर्ण कक्षा कोठालाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर