पूर्वाञ्चल खबर
प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र आज देखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।
शनिबार साँझदेखि मन्त्री घिमिरेलाई निवासमै रहेका छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । ‘मेरो रिपोर्ट पोजेटिभ आयो ।’ मन्त्री घिमिरेले भने ‘ कोरोनासँग जुध्दाजुध्दै संक्रमणले भेट्यो ।’ घिमिरे संक्रमण नियन्त्रणमा सक्रिय थिए ।