AArya
RUMPUM
animated ellipse animated ellipse

बीपीमा सफल भयो कोरोना संक्रमित महिलाको ‘नर्मल डेलिभरी’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ भाद्र २०७७, मंगलवार १९:०३
576
Shares
विराटनगर / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक जना महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् ।

विराटनरगर २ घर भएकी २० वर्षिय गर्भवती महिलाले सोमबार छोरीलाई जन्म दिएकी हुन् ।

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको संक्रमित महिला ७ भदौमा बीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारमा संलग्न डा. सुर्यप्रसाद रिमालको निगरानीमा डा. मुकेश र नर्सले नर्मल डेलेभेरी गराए ।

जन्मदा शिशुको तौल २ दशमलव ८ किलोग्राम रहेको अस्पतालले जनाएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् । ‘शल्यक्रियामार्फत् बच्चा निकाल्नु पर्छ भन्ने लागेको थियो तर उहाँको सामान्य डेलिभरी भयो’, प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले भने । संक्रमणका बावजुद् नर्मल डेलिभरी हुनु प्रतिष्ठानका लागि खुशीको विषय भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर