पूर्वाञ्चल खबर
मोरङ बुढीगंगा गाउँपालिका– २ की ६५ वर्षिय महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको हो ।
आज बिहान करिब २ बजे प्रतिष्ठानमा भर्ना भएकी महिलाको साँझ ५ बजे इमरजेन्सी कक्षमा महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका जानकारी दिए । उनका अनुसार मृतक महिलामा मुटु रोगको पनि समस्या थियो । श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले मंगलबार नै अस्पताल पुर्याएका थिए ।
केही दिनयता स्वास्थ्यमा समस्या देखिएकी साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी महिला २७ गते कोशी अस्तालमा भर्ना भएकी थिइन । कोशीमा उनको स्वाब संकलन गरिएको थियो । २९ गते नेगेटिभ रिपोर्ट आएपछि उनी घरमा थिइन् ।
सोमबार स्वास्थ्य अवस्था गम्भिर भएपछि आफन्तले राति नै धरान लगेका थिए । धरानमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको डाक्टर सापकोटाले जानकारी दिए ।