विराटनगर,माघ १६/ विराटनगर –३ स्थित शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सँधै अग्रणी रहदै आएकोे वुढानिलकण्ठ अग्रेजी मा. वि. मा तेस्रो त्रैमासीक परीक्षाको परीक्षाफल वितरणको अवसर पारेरे विज्ञान प्रदर्शनिको आयोजना गरेको छ ।
कक्षा छ देिख कक्षा नौ सम्मका विद्यार्थीहरुले भाग लिएको प्रदर्शनीमा जम्मा ६ वटा स्टलमा भौतिक विज्ञान, रसायनिक विज्ञान, जिव विज्ञान तथा नक्षत्र विज्ञान अन्तर्गतका विभिन्न १९ वटा एक्सपेरिमेन्ट तथा आविस्कारका नमुना प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा राखिएका एक्सपेरिमेन्टहरुमा फूलको रंग परिवर्तन, प्याजको डि.एन.ए. छुट्याउने, वादल र बर्षाको बनोट, बरफको टासिने विशेषता, अग्नी सर्प, उफ्रिने अण्डा, मोवाइल प्रोजेक्टर, आदि रहेका थिए । उक्त एक्सपेरिमेन्टहरुलाई अभिभावकहरुले बडो चासो लिएर अवलोकन गर्नुका साथै त्यसको बारेमा आफुलाइ लागेका जिज्ञाशा समेत राखेका थिए ।
उक्त एक्सपेरिमेन्ट प्रदर्शनीमा उत्कृष्ठ हुनेहरुलाई विद्यालयका प्रिन्सिपल मणी राज भट्टराईले प्रशंसापत्र र सहभागिताको प्रमाणपत्र दिने घोषणा गरेका थिए ।