पूर्वाञ्चल खबर
आज महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज राती १२ बजेदेखि लागु हुने गरि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन घोषणासँगै अत्यावश्यक सेवाबाहेक बजार र सर्वसाधारणको हिँडडुललाई पूर्ण रुपमा रोक लगाइने भएको छ । लकडाउनको प्रोटोकल महानगरले जारी गर्ने तयारी गरिरहेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।
महानगरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेका कारण लकडाउन गर्ने निर्णय भएको हो । विराटनगरमा आजसम्म कोरोना क्रमितको संख्या १ सय ७ पुगेको छ ।