AArya
RUMPUM
animated ellipse animated ellipse

क्रिकेटमा अर्किड अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७३, शनिबार १७:०१
3
Shares
पुष्पराज थपलिया
विराटनगर,माघ १५ / उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आजदेखि आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ ।
आजै भएको क्रिकेटमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनको पराकिलो अन्तरले पराजित गरी अन्तिम आठमा पुगेकोे छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६५ रन विशाल स्कोर तयार पारेको थियो । अर्किडका मंयक साहले ३२ रन तथा आसुतोष साह र धिरज साहले १८–१८ रनको योगदान दिएका थिए । मर्डन एराका प्रविन मगरले ३ विकेट र प्रज्वल तिवारीले २ विेकेट लिएका थिए ।
जवाफमा १ सय ६६ रनको लक्ष्य पछ्याएको मर्डन एराले बालकृष्ण यादबको घाटक बलिङसामु घुडा टक्दै १३ दशमलव १ बलमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । मर्डन एराका प्रविन सरदारले नट आउट ११ रनको बनाएका दिए अन्य ब्याटस्म्यानले दोहारो स्कोर छुन सकेनन् । मर्डन एराका ७ ब्याटस्म्यानले खाता समेत खोल्न सकेनन् ।
अर्किडका म्यान अफ द म्याच बालकृष्ण यादबले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन खर्चेर ६ विकेट तथा सवल तिम्सीनाले २ विकेट लिएका थिए ।
माघ २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस र दौड गरी ५ वटा खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्ने छन् । एक हप्तासम्म चल्ने मोफसलको सर्वाधिक ठूलो विद्यालयस्तरीय प्रतियोगितामा मोरङका २१ वटा उच्च माविका १२ सय खेलाडीको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर