AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मगर विद्यार्थी संघको केन्द्रीय अधिवेशन शनिबारदेखि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७३, शुक्रबार १६:५७
3
Shares
विराटनगर, माघ १४ / नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अधिवेशन मोरङको लेटाङ भोगटेनी नगरपालिकामा शनिबारदेखि सुरु हुँदैछ ।
नेपाल मगर विद्यार्थी संघले विराटनगरमा आज शुक्रबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । तीनदिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै विधान संशोधन पनि हुने संघकी केन्द्रीय अध्यक्ष दीपा आलेमगरले बताइन् ।
अधिवेशनमा ७२ जिल्लाबाट ४ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनको उद्घाटन सभामुख ओनसरी घर्तिमगरले गर्ने जनाइएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष आलेमगरले ५९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मतीबाट चयन गर्ने प्रयास भइरहेको जानकारी दिइन् । अधिवेशन सम्पन्न गर्नका लागि २२ लाख ११ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर