AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चट्याङ लागेर मोरङमा २ जनाको मृत्यु, ८ जना घाईते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०७७, सोमबार १८:४२
3
Shares
विराटनगर / मोरङको सुनवर्षी र रतुवामाई नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने धनपालथानका ८ जना जना घाईते भएको छन् ।

चट्याङ लागेर सुनवर्षी नगरपालिका ६ तालगाछी की २८ वर्षिया नृतकुमारी दास र रतुवामाईका ५ का २२ वर्षीय नेत्र श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । दुवैजनालाई खेतबारीमा रहेका वेला चट्याङ लागेको प्रहरीले बताएको छ ।

चट्याङ लागेर धनपालथान गाउँपालिकाका ८ जना घाईते भएका छन् । घाईतेहुनेमा धनपालथान २ की ३८ वर्षीया प्रमिलादेवी मण्डल, १४ वर्षीया मनिषादेवी मण्डल, २५ वर्षीय जितेन मण्डल, १९ वर्षीया गीता मण्डल, १६ वर्षीया सपनाकुमारी मण्डल, १२ वर्षीय अभिशेख मण्डल, ३८ वर्षीय शिवशंकर मण्डल, ४० वर्षीय चन्द बहरदार रहेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईले जानकारी दिनुभयो । आजै दिउँसो परेको चट्याङले लागेर मोरङको कटहरी रामचौक र धनपालथानमा ३ वटा चौपाया पनि मरेको प्रहरीले बताएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर