पतिको कुटाईबाट गम्भिर घाईते सरिताको उपचारमा इन्सेकको सहयोग
पूर्वाञ्चल खबर
१३ माघ २०७३, बिहीबार २०:२७
3
Shares
श्रीमानको कुटाइबाट घाइते भई उपचार गराइरहेकी मोतेका ससुरा होमबहादुर मोतेलाई नगद सहयोग प्रदानगर्दै इन्सेक क्षेत्रीयकार्यालय विराटनगरका संयोजक सोमराज थापा ।
विराटनगर माघ १३/ श्रीमानको कुटाइबाट घाइते भई उपचारमा रहेकी उदयपुर भलायडाँडा गाबिस ३ की २३ वर्षीया सरितामोतेलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीयकार्यालय विराटनगरले विहिवार दशहजार रुपैया सहयोग गरेको छ ।
विराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेकी मोतेलाई खर्च अभावका कारण उपचारमा समस्या भएको भन्दै अस्पतालमै गएर नगद सहयोग गरीएको हो ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगर संयोजक सोमराजथापाले घाइतेका ससुरा होमबहादुर मोतेलाई नगद रकम हस्तान्तर गरे । सरितालाई उनका २५ बर्षीय श्रीमान जीवन मोते लागु औषध (गाँजा) सेवन गरेर पुस १ गते मरणासन्न हुने गरी कुटपीट गरेका थिए । संयोजक थापाले उपचारमा थोरै भएपनि सहयोग होस भनेर नगद सहयोग गरेको बताए ।
टाउको मागम्भिर चोट लागेकी सरिताको उपचारमा पैसा अभाव भएको सरिताकी सासु हस्तमाया मोतेले बताइन । उपचार र खान बस्न नै समस्या भएको उनको भनाई छ ।
वुहारीको उपचारकालागि एक कठ्ठा जग्गामा भएको घर ३ लाखमा बेचेर उपचार गरिरहेका भएपनि अहिले सबै पैसा सकिएकोले समस्या भएको हस्तमायाले बताइन । ५ वर्ष अगाडी विवाह भएकी सरिताको ३ वटा सन्तान छन् । ४ महिनाको दुधे बालकलाई घरमा छोडेर उनिहरु दुवै जना बुहारीको हेरचाहा गर्न अस्पतालमा रकेका छन । जीवनलाई प्रहरीले पुस ५ गते प्रकाउ गरी हिरासतमा राखेको छ ।