AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७७, मंगलवार १८:२५
3
Shares
विराटनगर / उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा परीक्षण गर्दा ८ जनामा संक्रमण पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको हो ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । परीक्षण गर्दा पोजेटिभ देखिएको विपी अस्पताल स्रोतले जानकारी दिइएको छ । धरानमा रिपोर्ट पोजेटिभ देखिएकाहरुलाई विराटनगर ल्याउने तयारी भएको छ । अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।

यसअघि उदयपुरको त्रियुगा ३ भुल्केस्थित मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उदयपुरका अर्का एक युवकमा पनि आजैै कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर