AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सनसिटीबाट अस्पताल लगिएका तीन मध्ये २ मा कोरोना पुष्टि, संक्रमितको संख्या १६ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ बैशाख २०७७, मंगलवार १२:२७
3
Shares
काठमाण्डौं / काठमाण्डौंको पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

र्यापिड टेष्टबाट कोरोना आशंका भएपछि पिसिआर टेष्ट गर्दा तीन मध्ये दुई जनाको पोजेटिभ रिपोर्ट आएको हो । अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

उनीहरु चैत ५ गतै बेलायतबाट नेपाल फर्किएका थिए । सोमबार र्यापिड टेष्ट गर्दा उनीहरुको रगतमा एन्टीबडी पोजेभिट देखिएको थियो । लगतै पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो ।

यससँगै कोरोना संक्रमितको संख्या १६ पुगेको छ । सोमबार २ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या १४ पुगेको थियो । नेपालका पहिलो संक्रमित उपचारपछि घर फर्केका छन् । अन्य १५ जनाको देशका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर