AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७७, सोमबार १८:४६
3
Shares
विराटनगर/ नेपालमा नोबेल कोरोना भाइरस(कोभिड १९) सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ ।

आज थप २ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । कैलालीकी एक ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका एक १९ वर्षका युवामा पनि कोरोना सङ्क्रमण भएको पाइएको डा.देवकोटाले बताए । हिजो मात्र तीन जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको पनि प्रवक्ता डा.देवकोटाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म काठमाण्डौँ उपत्यकाभित्र ९ जना र उपत्यकाबाहिर ९४ जना गरेर १ सय ३ जना आइसोलेसनमा छन् ।

देशभर ७ हजार १ सय ६६ जना मानिस क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर