RUMPUM
animated ellipse animated ellipse

सङ्क्रमण देखिएको ठाउँलाई पूर्ण रूपमा लकडाउन गरिने : मुख्यमन्त्री राउत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७६, आईतवार १९:३४
3
Shares
जनकपुर / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरसको सङ्क्रमण देखिएको ठाउँलाई पूर्ण रुपमा लकडाउन गरिने बताएका छन् ।

यसका लागि सङ्घीय सरकारका गृहमन्त्रीसहित सरोकारवालासँग कुराकानी भएको उनले बताए । प्रदेश २ को वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । वीरगञ्जमा कोरोना संक्रमित तीन जना भारतीयसँग भेट गर्ने २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना सङ्क्रमित भारतीय नागरिकसँग भेट गरेका उनीहरुलाई हिजो बेलुका नै छपकैया र घुसुकपुरस्थित मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको पर्साका एसपी गंगा पन्तले जानकारी दिए । वीरगञ्जबाट बिहीबार २६ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर