AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विश्वमा कोरोना संक्रमणका कारण १ लाख ८ हजार ८ सय २७ को मुत्यु, अमेरिकामा मुत्यु हुनेको संख्या २० हजार नाघ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० चैत्र २०७६, आईतवार ०८:३९
3
Shares
NEW DELHI, INDIA - MARCH 31: A bus driver in a protective suit before ferrying people who took part in a Tablighi Jamaat function earlier this month to a quarantine facility amid concerns of infection, on day 7 of the 21 day nationwide lockdown imposed by PM Narendra Modi to check the spread of coronavirus, at Nizamuddin West on March 31, 2020 in New Delhi, India. (Photo by Ajay Aggarwal/Hindustan Times via Getty Images)
विराटनगर / विश्वमा कोरोना संक्रमणका कारण हाल सम्म १ लाख ८ हजार ८ सय २७ जनाको ज्यान गएको छ ।

तथ्यांक अपडेट गरिरहेको वोल्डो मिटरले आज बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमण भाइरसबाट १७ लाख ८० हजार ३ सय १४ जना संक्रमिक रहेको पुष्टि गरेको छ । त्यस्तै, ४ लाख ४ हजार ४१ जना उपचारपछि निको भएर घर फर्केका छन् । मृत्यू र संक्रमितको संख्या अमेरिकामा उच्च रहेको छ । अमेरिकामा अहिलेसम्म ५ लाख ३२ हजार ८ सय ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म २० हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन् । अमेरिकामा हिजो मात्रै १ हजार ८ सय ३० जनाको ज्यान गएको छ ।

अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ । बेलायतमा ९ सय १७ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हजाार आठ सय ७५ पुगेको छ । बेलायतमा ७८ हजार ९ सय ९१ संक्रमिक भएकोमा ३ सय ४४ उपचारपछि निको भएर घर फर्केका छन् । अमेरिका पछि इटलीले ठूलो क्षति ब्यहोरेको छ । इटलीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ३४ उपचारपछि निको भएर घर फर्केका छन् । इटलीमा १ लाख ५२ जाहर २ सय २७ संक्रमिक रहेका छन् ।

त्यस्तै स्पेनमा १ लाख ६३ हजार २७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ भने ५५ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् । स्पेनमा १६ हजार ६ सय ६ जना कोरोना भाइरसबाट मुत्यु भएका छन् ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ८ हजार ४ सय ४६ छ भने २ सय ८८ जनाले ज्यान गुमाइसकेका छन् । ९ सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा भने ९ जना संक्रमिक भएकोमा १ जना उपचारपछि निको भएर घर फर्किएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर