पूर्वाञ्चल खबर
गोपाल काफ्ले
९ माघ,पथरी मोरङको पथरीमा जारी पथरीशनिश्चरे दोस्रो नगर कप २०७३ को आइतबार भएको खेलमा वार्ड नं. ९ विजयी भएको छ ।
बुद्ध युथ क्लब पथरीको आयोजनामा भएकोे खेलमा वार्ड नं. ९ ले वार्ड नं. ५ लाई शुन्यको विरुद्ध २ गोल गर्दै पराजित गरेको छ । खेलको २९ औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै वार्ड नं. ९ का मनाङका खेलाडी सुजन लिम्बुले गोलको खाता खोलेका थिए । खेलमा वार्ड न. ५ ले निक्कै राम्रो अवसरहरु प्राप्त गरेपनि गोल गर्न सकेन । खेलको ४७ औं मिनेटमा सुजन लिम्बुको क्रसलाई सदुपयोग गर्दै वार्ड नं. ९ का प्रकाश धिमालले गोल गरे ।
खेलको म्यानआफ द म्याच वार्ड नं. ९ का सुजन लिम्बु घोषित भए । सोमबारको खेल वार्ड नं. १ र वार्ड नं. १३ बीच हुने आयोजकका सोनु थापाले जानकारी दिए ।