परिमार्जन विनाको संशोधन मोर्चालाई स्विकार्य नहुने– ठाकुर
पूर्वाञ्चल खबर
९ माघ २०७३, आईतवार १६:५५
3
Shares
फाइल तस्वीर
९ माघ, विराटनगर /तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले परिमार्जन विनाको संशोधन मोर्चालाई स्विकार्य नहुने बताएका छन् ।
सुनसरीको इनरुवामा आज आइतबार संचारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले हचुवाको भरमा संविधान संशोधन प्रकृया अघि बढाउन खोजिए मोर्चा विरोधमा उत्रन बाध्य हुने बताए । सरकारले मधेशी जनता र मोर्चालाई समेटर अघि बढ्न चाहन्छ भने आफुहरुका माग समेटेर परिमार्जन सहितको संविधान संशोधन पारित हुनु पर्ने उनको भनाई थियो ।
चुनावका लागि प्रमुख तीन दल सहमति नजिक पुगेको प्रशंग कोट्याउँदै ठाकुरले मधेशका मुद्धा सम्बोधन वीना कुनै पनि तहको चुनाव असम्भव रहेको जिकिर गरे । मोर्चा पर्ख र हेरको अवस्थामा रहेकाले सरकारले लिने कदम पश्चात मोर्चा ठोस निर्णयमा पुग्ने ठाकुरको भनाई छ ।