पूर्वाञ्चल खबर
काठमाडौं / कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण स्थगित भएको जापानको टोकियो ओलम्पिकको नयाँ मिति तय भएको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आइसोसी) को सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सारिएको थियो । एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक २०२० नै रहनेछ ।