AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरस आशंकामा वीर अस्पतालमा भर्ना भएका दुई विरामीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७६, सोमबार १६:३७
3
Shares
काठमाडौं / उच्च ज्वरो आएर काठमाडौंको वीर अस्पतालमा भर्ना भएका दुई विरामीको मृत्यु भएको छ ।

आइतवार भर्ना भएका एकजना र आजै विहान भर्ना भएका अर्का विरामीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे हो । उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छिन् । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुवै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर