AArya
RUMPUM
animated ellipse animated ellipse

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री लिएर उडेको स्काई ट्रक विराटनगर आइपुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७६, सोमबार १५:५७
3
Shares
विराटनगर / कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा उपचारमा संलग्नका स्वास्थ्यकर्मीका लागि प्रयोग हुने अत्यावश्यक सामाग्री विराटनगर आइपुगेको छ ।

नेपाल सरकारले हिजो चीनबाट स्वास्थ्य उपचारमा प्रयोग हुने सामाग्री काठमाडौँ ल्याएसँगै नेपाली सेनाको एनए ०६३ स्काई ट्रकमा आज दिउँसो विराटनगर ल्याइएको हो ।
प्रदेश एकको लागि ल्याइएको समानमा पहिलो चरणमा १ हजार थान पीपीई आइपुगेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन ,१० थान थर्मल गन र सेनेटाइजर गाडीवाट आउदै गरेको मन्त्री घिमिरेले जानकारी दिए ।

संख्यात्मक रुपमा पीपीई कम आएको बताएका मन्त्री घिमिरेले तत्काल कोरोना उपचारको विषयमा सेवा दिँदै आएका विराटनगरको कोशी र धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र निर्माण भइरहेको अर्को एक अस्पताललाई पहिलो चरणमा पीपीई उपलब्ध गराउने जानकारी दिए।

पीपीई वितरणबारे योजना बनाएको बताएका मन्त्रीले निर्माण भइरहेको एक अस्पताललाई २ सय वटा, वीपी र कोशी अस्पतालमा समान १ सय ५० वटा, मेची अस्पतालमा ४६ वटा उपलब्ध गराउने जानकारी दिए । त्यस्तै मोरङमा ३४ , सुनसरीमा २४ , धनकुटामा १४, तेह्रथुममा १२ , संखुवासभामा २० , भोजपुरमा १८ , सोलुखुम्बुमा १६ , उदयपुरमा १६ , खोटाङमा २० , झापामा ३० , पाचँथरमा १६ , ताप्लेजुङमा १८ , ईलाममा २० , ओखलढुङ्गामा १६ पिस पठाईने जानकारी दिए । उनले कोरोना उपचारमा खटेका स्वास्थ्कर्मीको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । मन्त्री घिमिरेले कोरोनामा उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवास खानपिन, भत्ता, बीमा लगायतको सेवा उपलब्ध गराउने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर